९ जेष्ठ २०७८, आईतवार   156 पटक हेरिएको


image

आईतबार, जेठ ९ गते साताको पहिलो सेयर कारोबार दिन नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.२३ अंकले बढेर ५०७.२० मा पुगेको छ ।

आज कारोबार समय भरिमा २ सय २० वटा कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६ सय ६० कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७ सय २८ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ ।तेस्तै गरी नेशनल लाइफ इन्स्योरेन्स,ज्योति बिकाश बैंक ,गरिमा बिकाश बैंक ,मेगा बैंक आदिको कारोबार धेरै  भएका  छन भने कमाउने कम्पनीहरुमा ग्रिन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, महालक्ष्मी बिकाश  बैंकका  लगानीकर्ताले कमाएका छन् ।रुरु जलविधुत , समता घरेलु लघुवित्त आदिका लगानीकर्ताले गुमाएका छन् ।





सम्बन्धित समाचार