९ जेष्ठ २०७८, आईतवार   172 पटक हेरिएको


image

एभरेष्ट इन्सुरेन्स कम्पनी लिमिटेडको बार्षिक साधारण सभा, कम्पनीको संचालक समितिको २०७८.०१.१९ गते बसेको ११३ औ बैठकको निर्णयानुसार  जेठ १० गते सोमवार २६ औं वार्षिक साधारण सभा काठमाडौंमा भर्चुअल माध्यमबाट दिउसो २ बजे सभा सुरु हुने भएको छ ।यस इन्सुरेन्स कम्पनीले कुल ८ .४२% लाभांश प्रस्ताव सहित सभा बोलाएको हो ।

कम्पनीले गत आ. व. ०७६/७७ को सञ्चित मुनाफाबाट ८% बोनस शेयर र (कर प्रयोजन) का लागि ०.४२% नगद लाभांश दिने प्रस्ताव गरेको हो ।यसैगरी सभाले गत आ. व. को वार्षिक प्रतिवेदन सहितका वासलात,नाफा नोक्सान हिसाब ,नगद प्रबाह बिबरण तथा  सो संग सम्बंधित अन्य अनुसूचीहरुका साथै शेयर पूंजीमा भएको परिवतर्न आदि ऊपर छलफल गर्दै  पारित  गर्ने ,चालू आर्थिक वर्षको लेखापरिक्षणका लागि बर्तमान लेखापरिक्षक एम.जि.एस. एण्ड एसोसियट्सलाईनै पुनः नियुक्त गर्नेछ । 

बार्षिक सभाका लागि कम्पनीले गत बैशाख २९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको मितिको आधारमा  बैशाख २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।





सम्बन्धित समाचार