९ जेष्ठ २०७८, आईतवार   250 पटक हेरिएको


image

सानिमा लाईफ इन्सुरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा को मिति तय गरेको छ । यस इन्सुरेन्स कम्पनीको सञ्चालक समितिको गत २०७८ बैशाख ३१ गते  ४३ औ बैठकको निर्णयानुसार  वार्षिक साधारण सभा आउँदो जेठ २३ गते  काठमाण्डौमा भर्चुअल माध्यमबाट सुरु हुने भएको छ।

यस सभामा कम्पनी सञ्चालक समितिको बैठकमा बार्षिक प्रतिबेदन आ.व.२०७५/७६ को लेखापरीक्षण, वासलात, नगद प्रबाह बिबरण ,नाफा–नोक्सान हिसाब जस्ता महत्वपूर्ण प्रतिवेदनहरु माथी  छलफल गरी पारित गर्नेछ । 

यसै सभाले  बिशेष प्रस्ताबहरु अंतर्गत धितो पत्र दर्ता गरी साधारण शेयर(IPO) निष्कासन  गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्रको दफा ४(१) तथा नियमावलीको नियम २७, २९ ,३१ र ३७ मा प्रस्ताव भएबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा कम्पनी रजिस्ट्रारको कार्यालय ,बीमा  समिति वा अन्य नियमनकारी निकायले कुनै फेरबदल वा संशोधन गर्न निर्देशन दिएमा सो फेरबदल वा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने सम्बन्धमा आदि बिषयलाई छलफल गरी पारित गर्ने बिषय रहेको छ ।





सम्बन्धित समाचार