९ जेष्ठ २०७८, आईतवार   182 पटक हेरिएको


image

प्रभु बैंक कोष प्रवर्द्धक रहेको प्रभु म्युचुअल फण्डले ‘प्रभु सेलेक्ट फण्ड’  यही जेठ ५ बाट बिक्री खुल्ला गरेको थियो  । प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले नयाँ स्किम लिएर आएको हो । कुल एक अर्ब रुपैयाँको दस करोड़  कित्ताहरु निष्कासन गरिने छ। यसमध्ये १४% कोष प्रवर्द्धकका नाताले प्रभु बैंकले लिने छ ,१ % इकाई प्रभु क्यापिटलले लिने र  बाँकी रहेको ८५% अर्थात ८ करोड ५० लाख कित्ताहरु सर्वसाधारणलाई बिक्री गरिने छ।

यस फण्डको बिक्री खुल्ला आज  जेठ ५ गतेबाट निष्कासन भएको  र  छिटोमा ९ गते  आज बन्द हुने छ। किन भने यसमा चाहिने भन्दा बढ़ी आबेदन परेको कारण आज बैकिंग समय सम्म आबेदन खुला भई बन्द हुने जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १०० अधिकतम १ करोड़ कित्ताहरुका लागि आवेदन दिन सकिने छ। कित्ताहरुको अंकित मूल्य १० रुपैयाँ छ। कित्ताहरुको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ। यो म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल रहेको छ।





सम्बन्धित समाचार