PalikaExpress
८ जेष्ठ २०७८, शनिबार
737 पटक हेरिएको

एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको ५०,०००,००० इकाईहरु अनलाईन मार्फत खरिद गर्न सकिने भएको छ।उक्त योजनाको इकाई लगानीकर्ताहरुले सहजै रुपमा खरिद गर्ने अवसर प्राप्त होस भन्ने मुख्य उद्देश्यका साथ एन आई सी एशिया क्यापिटलले अनलाईन मार्फत एन आई सी एशिया डाइनामिक डेप्ट फण्डको इकाई खरिद गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ ।

अनलाईन मार्फत उक्त डेप्ट फण्ड योजनाको इकाई खरिद गर्नको लागि एन आई सी एशिया क्यापिटलको वेभसाइट वा सोझै https://nicasiacapital.com/ भित्र गई रितपुर्वक विवरण भरी योजनाको इकाई खरिद गर्न सकिने छ । हाललाई इकाई खरिद बापतको रकम भुक्तानी गर्नको लागि एन आई सी एशिया बैंक लिमिटेडको अनलाईन सेवा, कनेक्ट आइपिएस र खल्ती डिजिटल वालेट मार्फत गर्न सकिने छ ।