७ जेष्ठ २०७८, शुक्रबार   603 पटक हेरिएको


image

एनएमबि बैंक (NMB)ले १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले निष्काशन गर्न लागेको प्रतिकित्ता १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ। जसमा ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ५ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

२०७८ जेठ ९ गतेदेखि निष्काशन हुने छिटोमा बन्द जेठ १२ गते र ढिलोमा जेठ २३ गते हुनेछ ।यस एनएमबि उर्जा ऋणपत्र (Energy Bond) ४%- २०९२/९३  नामक ऋणपत्रमा इच्छुक आवेदकले प्रति कित्ता रु १००० रुपैयाँका दरले न्युनत्तम २५ कित्ता देखि सम्पूर्ण कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।यस १५ बर्ष अवधिको ऋणपत्रमा लगानीकर्ताले ४% का दरमा वार्षिक व्याज पाउनेछ ।यो ऋणपत्रमा लगानी गर्ने चाहने लगानीकर्ताले  आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।यस ऋणपत्रको बिक्री प्रबन्धक तथा निष्काशनकर्ता हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार