६ जेष्ठ २०७८, बिहीबार   389 पटक हेरिएको


image

लिसंखु पाखर गाउँपालिकाले आफ्नो वडाबासीलाई को’रोना महामारीबाट बच्न र जथाभाबी बाहिर हिडडुल नगर्न अनुरोध गरेको छ । केही गरी कोरोनाको चपेटमा परे वा संक्रमित भए  गाँउपालिकाको कोरोना संकट ब्यबस्थापन समितिको यही जेठ ४ गते बसेको बैठकले संक्रमितलाई निम्न तरीकाबाट राहत उपलब्ध गराउने भएको हो । क) सर्बसाधारणलाई थप सचेत रहन र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर पसल र चोक एबं अन्य स्थानमा ननिस्कन संचार माध्यम तथा माइकिंगबाट अनुरोध गर्ने र गाउँपालिका भित्रका बिभिन्न वडाहरुको होटल, पसल ब्यबसाय जस्ता भिडभाडका क्षेत्रहरुमा PCR Swab को नमूना संकलन गरी संक्रमणको अवस्था पहिचान गर्ने । ख) उपचार एबं राहततर्फ देहाय बमोजिमका थप कार्यहरू गर्ने ।

१) PCR रिपोर्टबाट पोजिटिभ देखिएका संक्रमित बिरामिहरुलाई गार्होभई अस्पताल जानू पर्ने भएमा डांडापाखर एबं सिन्धु सदाबाहर अस्पताल सम्म बिरामी लैजाने एम्बुलेंसको ब्यबस्थापन गाउँपालिकाले गरिदिने । २) आर्थिक अवस्था कमजोर भएका बिपन्न नागरिकलाई पोषण खर्च बापत प्रति संक्रमित रु.३,०००/- उपलब्ध गराउने । ३) सिन्धु सदाबहार अस्पताल वा डांडापाखर अस्थाई कोभिड अस्पतालमा अक्सिजन सहितको सामान्य औषधि उपचार खर्च गाउँपालिकाले ब्योहोरीदिने । ४) उक्त अस्पतालहरुमा उपचार हुन नसकि अन्यत्र थप सुबिधा सहितको अस्पतालमा लैजान डाक्टरले सिफारिस गरेमा थप औषधि उपचार बापत रु.१०,०००/- गाँउपालिकाले उपलब्ध गराउने (सोधभर्ना दिने, तर डाक्टरको रिफर नभई बिरामी आफ्नै अनुरोधमा अन्यत्र जान चाहेमा यो सुबिधा उपलब्ध नहुने । ५) उपचारको क्रममा बिरामिको मृत्यु हुन गएमा काजकिरियामा सहयोग स्वरूप रु. १५,००० /- उपलब्ध गराऊने ।





सम्बन्धित समाचार