६ जेष्ठ २०७८, बिहीबार   321 पटक हेरिएको


image

एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको २ अर्ब रुपैया बराबरको २० लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज  जेठ ६ गते  बिहीवार अन्तिम दिन रहेको छ  । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५% ब्याजदरमा ‘एनएमबि ऋणपत्र ८.५–२०८७/८८’ नामको ऋणपत्र निष्काशन  गरेको हो ।प्रति कित्ता १ हजार रुपैया दरको कुल २० लाख कित्ता ऋणपत्र  मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्ने गरिने  छ ।

सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५% दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्काशनमा आउन लागेको हो । आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । यो ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनुका साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार