६ जेष्ठ २०७८, बिहीबार   450 पटक हेरिएको


image

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारण शेयर जारी गर्ने भएको छ ।यस लघुबित्त कम्पनी नेष्डोले ८ करोड़ २८ लाख ७५ हजार रुपैया बराबरको ८ लाख २८ हजार ७५० कित्ता साधारण शेयर जारी गर्न लागेको हो । यसको लागी कम्पनीले  ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सो सम्बन्धमा नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता हालै सम्पन्न भएको छ ।

सो सम्झौतापत्रमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् । नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा रहेको छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले  अघिल्लो आ.ब.२०७६/०७७ को बार्षिक प्रतिवेदन अनुसार कम्पनीको सेयर पुँजी १७ करोड २१ लाख ५० हजार रुपैयाँ रहेको छ, भने संस्थाको जगेडा कोषमा २७ करोड ७८ लाख रुपैया जम्मा छ । साधारण शेयर  निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।पर्वतको कुश्मामा केन्द्रिय कार्यलय रहेको संस्थाले विभिन्न ५६ शाखाहरु मार्फत ७८ हजार घरधुरीमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।





सम्बन्धित समाचार