५ जेष्ठ २०७८, बुधबार   6883 पटक हेरिएको


image

प्रभु बैंक कोष प्रवर्द्धक रहेको प्रभु म्युचुअल फण्डले ‘प्रभु सेलेक्ट फण्ड’  आजबाट बिक्री खुल्ला गरेको छ । प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले नयाँ स्किम लिएर आएको हो । कुल एक अर्ब रुपैयाँको दस करोड़  कित्ताहरु निष्कासन गरिने छ। यसमध्ये १४% कोष प्रवर्द्धकका नाताले प्रभु बैंकले लिने छ ,१ % इकाई प्रभु क्यापिटलले लिने र  बाँकी रहेको ८५% अर्थात ८ करोड ५० लाख कित्ताहरु सर्वसाधारणलाई बिक्री गरिने छ।

यस फण्डको बिक्री खुल्ला आज  जेठ ५ गतेबाट निष्कासन हुने छ र  छिटोमा ९ गते बन्द हुने छ। यदि यो समयमा सम्पूर्ण कित्ताहरु बिक्री नभएमा जेठ १५ गतेसम्म बिक्रीमा राखिने छ। यसमा लगानीकर्ताले कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख कित्ताहरु का लागि आवेदन दिन सकिने छ। कित्ताहरुको अंकित मूल्य १० रुपैयाँ छ। कित्ताहरुको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ। यो म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल रहेको छ।





सम्बन्धित समाचार