
केही दिन अघि रहेको सपथ बिबाद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गर्दै कारण देखाऊ आदेश जारी गरी यस मुद्दालाई अग्राधिकारमा राखेर हेर्ने निर्णय गरेको हो।

अदालतले यस प्रकरणमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न बिपक्षका नाममा आदेश दिएको छ । सर्बोच्च अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ,आदेश जारी हुनु नपर्ने कानुन बमोजिमको आधार कारण भए सो समेत साथै राखी यो आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनि आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नू ।’