४ जेष्ठ २०७८, मंगलवार   379 पटक हेरिएको


image

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL)ले १ लाख ५ हजार ५९२ कित्ता सेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बिक्री खुल्ला गर्ने भएको हो ।

6 page.indd

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५० तोकिएको छ ।यो कम्पनीको शेयर बजार मा अहिले १७७० रुपैयाको हाराहारीमा रहेको छ । त्यसैले उक्त सेयरमा बोलकबोल गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न सक्नेछन्।

उक्त सेयर खरीद गर्न चाहने लगानीहरुले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् । समय सीमा भित्र प्राप्त बोलपत्रलाई जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा हुने जनाएको छ ।





सम्बन्धित समाचार