PalikaExpress
३ जेष्ठ २०७८, सोमबार
596 पटक हेरिएको

लुम्बिनी जनरल इन्सुरेन्स कम्पनीको सन्चालक समिति २२१ औ बैठकको निर्णय अनुसार कम्पनीको १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । यस इन्सुरेन्स कम्पनीको वार्षिक साधारणभा २०७८ जेठ २८ भर्चुअल माध्यमबाट हुने भएको छ ।कम्पनी सञ्चालक समितिले प्रस्ताब गरेको ५% बोनस सेयर र ५% नगद लाभाश यसै सभाबाट पारित गर्नेछ ।

यसै गरी, संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आ.ब. २०७६/०७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, तथा अन्य वित्तीय विवरण माथी छलफल गरि पारित गर्नेछ । आ.ब.२०७७/०७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।सभा प्रयोजनको लागि २०७८ जेठ १४ गते एक दिन बुक क्लोज रहेको छ । जेठ १३ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।