३ जेष्ठ २०७८, सोमबार   251 पटक हेरिएको


image

अपि पावर कम्पनी (API) ले यही आउदो २०७८ जेठ २० गते देखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यस पावर कम्पनी हकप्रद निष्काशन बन्द असार ९ गते बैंकिङ्ग समय पश्चात हुनेछ । पावर कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ९२ करोडको १:०.२९३८ अर्थात् ५६,७०,००० कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

हकप्रदको लागि दिन पाउने लगानिकर्ता वैशाख २८ गते सम्म कायम सेयरधनीले मात्र सो हकप्रद सेयरमा आवेदन दिन पाउनेछ । २०७८ वैशाख २९ गते एक दिन बुक क्लोज रहेको थियो ।आबेदन दिन योग्य आवेदकले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछ ।सेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रहेको छ ।





सम्बन्धित समाचार