PalikaExpress
२ जेष्ठ २०७८, आईतवार
973 पटक हेरिएको

सानिमा लाईफ इन्सुरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा को मिति तय गरेको छ । वार्षिक साधारण सभा आउँदो जेठ २३ गते काठमाण्डौमा भर्चुअल माध्यमबाट सुरु हुने भएको छ।
यस सभामा कम्पनी सञ्चालक समितिको बैठकले आ.व.२०७५/७६ को लेखापरीक्षण, वासलात, नाफा–नोक्सान हिसाबजस्ता महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।
यसै सभाले साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले कम्पनीको प्रबन्धपत्रको दफा ४(१) तथा नियमावलीको नियम २७, ३१ र ३७ मा प्रस्ताव भएबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।