१ जेष्ठ २०७८, शनिबार   245 पटक हेरिएको


image

चीनले उत्तरी मोहडाबाट  वसन्त ऋतुमा हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा को’रोना सं’क्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो । सङ्क्रमण फैलनबाट रोक्न भन्दै शिखिरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरुलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

नेपालले भने जोखिमकै बीच पनि बिदेशी नागरिकलाई सगरमाथा आरोहणको अनुमति दिएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विदेशी र नेपाली नागरिक गरी चार सय आठ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

अहिलेसम्म आरोहण अनुमति लिएका र उनीहरुका सहयोगी समेत गरी एक सय ७० जना भन्दा धेरैले आरोहण गरिसकेका छन् । नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको जनाएको हो । चीनमा पछिल्लो समय को’रोना भा’इरस नियन्त्रण उन्मुख रहेको छ । बाहिरबाट फेरि को’रोना नभित्रियोस् भनेर चीनले निकै सावधानी अपनाएको छ ।





सम्बन्धित समाचार