३१ बैशाख २०७८, शुक्रबार   311 पटक हेरिएको


image

एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर आज वैशाख ३१ गते बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।

यस लघुवित्तमा  लगानीकर्ताले आज वैशाख ३१ गते बाट जेठ १४ गतेसम्म आबेदन दिन सक्ने छन ।बैंकले संस्थाको ६१ हजार २ सय ७८ कित्ता कित्ता संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त सेयरको न्युनतम मूल्य ६ सय २६ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले  न्युनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार