३१ बैशाख २०७८, शुक्रबार   339 पटक हेरिएको


image

नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज वैशाख ३१ गते अन्तिम दिन रहेको छ। नेपाल बैंक लिमिटेड (NBL)ले वार्षिक ८.५०% ब्याजदरको ऋणपत्र बैशाख २२ गते देखि सार्वजनिक निष्कासन गरेको थियो । बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामको १० बर्ष  अवधिको प्रतिकित्ता रू. १ हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।

जम्मा  कित्ता ऋणपत्र मध्ये रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत विभिन्न संघ संस्थाहरुलाई बिक्री गर्नेछ । सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५% दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्काशनमा ल्याउन लागेको हो । यो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनुका साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार