३१ बैशाख २०७८, शुक्रबार   448 पटक हेरिएको


image

को’रोना महामारीका कारण सिर्जित निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै नेपाल टेलिकमले अफर सार्वजनिक गरेको हो ।नेपाल टेलिकमले सार्वजनिक गरेका ‘लकडाउन स्टे कनेक्टेड’ अफर आजदेखि एक महिनाका लागि लागू हुने गरी यो योजना ल्याएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ ।

यो अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ भने डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको छ । लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ । यो डाटा दैनिक एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ ।

नेपाल टेलिकमले निषेधाज्ञाको अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउँने व्यवस्था गरेको छ । २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा बोनस स्वरूप पाँच सय एमबी डाटा उपलब्ध हुनेछ । डाटा दुई दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । यस्तै पाँचसय रुपैयाँ अथवा त्यसभन्दा धेरै रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ । यो डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्ने नेपाल टेलीकमले जनाएको छ ।





सम्बन्धित समाचार