३१ बैशाख २०७८, शुक्रबार   180 पटक हेरिएको


image

शिखर इन्सुरेन्स कम्पनी(SICL) ले ३०% हकप्रद सेयर निष्कासन गर्नका लागि अनुमति पाएको छ। गत वर्ष कम्पनीले दिएको २७.७७% बोनस सेयर कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भइ कम्पनीको चुक्ता पुँजी वृद्धि गरिए अनुसार नै हकप्रद सेयर निष्कासन गरिने भएको छ।कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिइ कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका लागि पठाएको जनाएको छ।

चालू आ. व. को ९ महिनासम्म शिखरले ३६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तो नाफा गत आ. व.को सोही अवधिको तुलनामा १०.२६ प्रतिशतले बृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस इन्सुरेन्स कम्पनीको प्रति सेयर आम्दानी २७.९३ रुपैयाँ र प्रति सेयर कुल सम्पति मूल्य ३१२.८३ रुपैयाँ रहेको छ। शिखर इन्सुरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ , जेगेडा कोषमा ६१ करोड ७६ लाख र महा विपत्ति कोषमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ। कम्पनीले यो अवधिमा २ लाख ११ हजार ९९६ जारी भएको बीमालेख बापत २ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको छ।





सम्बन्धित समाचार