३१ बैशाख २०७८, शुक्रबार   255 पटक हेरिएको


image

सिईडिबि हाइड्रोपावर कम्पनीले बिक्री तथा निष्काशन गरेको साधारण शेयरमा  ११.२५ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२५ गुणा बढी हो ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार भाग्यमानी आबेदक २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार को’रोना महामारीमा निषेधाज्ञा भए पछि आबेदनहरुको भेरीफाई गर्न समस्या केही समय ढीला भएकोले आज शुक्रबार बिहान ११ बजे  साधारण शेयरको बाँडफाँट गर्ने तयारी गरिएको क्यापिटलले जानकारी दिएको छ । बाँडफाँट केही ब्यक्तिको उपस्थिति र भर्चुअल माध्यमबाट बाड़फाड़ गरिने भएको बिक्री प्रबन्धकले जनाएको छ ।





सम्बन्धित समाचार