३० बैशाख २०७८, बिहीबार   1250 पटक हेरिएको


image

अबदेखि बैंकमा ५० हजार रुपैयाँभन्दा कम डिपोजिट गर्न नपाइने भएको छ। नेपाल बैंकर्स संघले बैंकहरुमा भीडभाड तथा को, भिडको जोखिम कम गर्न निशेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने व्यवस्था गरेको छ।

नेपाल सरकारले अत्यावशक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै बैंकहरुका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने र सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्न संघले आग्रह गरेको छ। पछिल्लो समय विभिन्न बैंक ले बैंक का शाखा कार्यालयको सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध गराउदै आएको छ।





सम्बन्धित समाचार