३० बैशाख २०७८, बिहीबार   221 पटक हेरिएको


image

धेरै लामो समयको छलफल पछि हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्झौता  भएको छ । आज  दिउँसो तीन बजे दुई बैंकहरुबीच मर्जरको प्रारम्भिक सहमति  भई मर्जर सम्झौता भएको हो । दुई बैंक मर्जर पछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक रहने साथै स्वाप रेसियो १ बराबर १ हुने प्रारम्भिक सहमति जुटेको छ ।

एक औपचारिक कार्यक्रममा काठमाण्डौमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा हिमालयन बैंकका सीइओ अशोक राणा नै रहनेछन् भने डेपुटी सीइओमा इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहनेछन् ।

कार्यक्रममा अत्यन्त न्यून मात्र उपस्थिति भई हस्ताक्षर कार्यक्रमको लाइभ भर्चुअल माध्यमबाट गरिएको थियो ।  मर्जरपछि प्रमुख कार्यकारी हिमालयनका अशोक राणा हुने छन् भने डेपुटी प्रमुख कार्यकारी इन्भेष्टमेन्टबाट ज्योति पाण्डे हुने छन्। ज्योति पाण्डेलाई केही स्पष्ट अधिकारसहित डेपुटी प्रमुख कार्यकारी बनाइने छ।

अध्यक्ष इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुने छन्। त्यसपछि सेयर संरचनाका हिसाबले बाँकी सञ्चालक छानिने छन्। यसमा आधा हिमालयन र आधा इन्भेष्टमेन्टबाट ल्याउने प्रयास हुने छ। हिमालयन बैंकमा पाकिस्तानको बैंक हबिबको २० प्रतिशत लगानी छ। यसले आफ्नो सेयर मर्जरको समयमा पनि बिक्री गर्न पाउने भएको छ। राष्ट्र बैंकको स्वीकृति लिएर मर्जरको सहमति भएको हो।





सम्बन्धित समाचार