३० बैशाख २०७८, बिहीबार   361 पटक हेरिएको


image

हुन त तिमीलाइ मैले भेटेको छैन
तर पनि सधै संगै भए झै लाग्छ
हुन त हामीले खाएका छैनौ जनम-जनम संगै हुने बाचा
तर पनि तिमीसंगै कैयौ जनम देखि संगै छु जास्तो लाग्छ
हुन त तिमी तेति सुन्दर पनि छैनौ
तर पनि प्रकृतिको सबै भन्दा सुन्दर सृजना हौ जस्तो लाग्छ तिमी
हुन त तिम्रो स्पर्श अहिले सम्म गर्न पाएकी छैन
तर पनि सझपख कौसिमा बस्दा
दुरबाट आएको हावाको झोकाले छोएर जादा तिमीले नै छोएको झै लाग्छ
हुन त तिम्रो बोली तेति सुमधुर त छैन
तर पनी जब तिमीले काली भन्छौ नि
हो तेति बेला तिम्रो बोली चिनीको चास्नी भन्दा मिठो लाग्छ
होला तिमी र म बीच धेरै भिन्नता
तर पनि जीवन भोगाइका पाटाहरु हेर्दा उस्तै छ जस्तो लाग्छ
प्यारो मान्छे तिमी जतिनै टाढा भए पनि
एतै कतै छौ जस्तो लाग्छ
यसोधा मोक्तान, ललितपुर





सम्बन्धित समाचार