PalikaExpress
३० बैशाख २०७८, बिहीबार
973 पटक हेरिएको

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले सर्ब साधारणको लागि साधारण शेयर निष्कासन गर्ने भएको छ ।सो को लागि कम्पनीले निष्काशन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

यस हाईड्रो कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि माघ ८ गते नेपाल धितोपत्र बोर्ड मा निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि साधारण शेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीको उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।