PalikaExpress
३० बैशाख २०७८, बिहीबार
539 पटक हेरिएको

आज बैशाख ३० गते बाट काठमाडौ उपत्यकामा अत्यावश्यक बाहेकका कार्यालयहरु बन्द हुने भएका छन् । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।

प्रशासन कार्यालयले हिजो एक सूचना जारी गरी निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालय बाहेक अन्य सबै जिल्ला स्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ, साथै अत्यावश्यक सेवाका कार्यालयहरुले सेवा प्रबाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा सेवा प्रवाहको व्यवस्थापन गर्न समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।