३० बैशाख २०७८, बिहीबार   818 पटक हेरिएको


image

नेपाल लाईफ इन्सुरेन्स (NLIC)ले चालु आ.व.२०७७/७८ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ७५ लाख ७६ हजार कमाएको थियो । खुद नाफा ८.३६ प्रतिशतले बढेको छ ।

नेपाल लाइफको रिजर्भ कोष १ अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपैयाँ रहेको  छ जून ५८.८८% ले घटेको हो । बिमा कोषको आकार बढेर १ खर्ब ७ अर्ब ६१ करोड ७७ लाख रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क पनि बढेर २४ अर्ब ९५ करोड भन्दा बढी पुगेको छ । चुक्ता पुँजी ३१% ले बढेको छ , हाल कम्पनीको चुक्तापुँजी ७ अर्ब १९ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब १२ करोड रहेको छ । कम्पनीको जिवन बीमा कोषमा १ खर्ब ७ अर्ब रहेको छ भने महाविपत्ती कोषमा ५९ करोड ८९ लाख रहेको छ । । प्रतिसेयर आम्दानी भने ९ रुपैयाँ ३८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ९२ पैसा छ । हालसम्म कुल कायम रहेको बीमालेखको संख्या १३ लाख ७० हजार १ सय ३६ रहेको छ ।





सम्बन्धित समाचार