३० बैशाख २०७८, बिहीबार   239 पटक हेरिएको


image

साहस ऊर्जा कम्पनीले साधारण शेयर जारी गर्ने तयारीमा रहेको छ । चैत महिनामा यस उर्जा कम्पनीले साधारण शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको हो। यस साहस उर्जा कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।साधारण शेयर  निष्काशन अनुमतिका लागि प्रक्रियामा रहेकोले बोर्डबाट अनुमति पाउना साथ साधारण शेयर निष्कासन गर्ने जनाएको छ । उक्त कम्पनीले संङखुवासभामा ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यस साहस उर्जा कम्पनिको साधारण शेयर मध्य ३५ करोड स्थानीय बासीको लागि र बाकी ७० करोड सामूहिक लगानी,कर्मचारी र सर्वसाधरणको लागि निष्कासन हुने छ ।यस कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ । प्रति मेगावाट लागत पनि कम र ऊर्जा उत्पादन पनि आकर्षक रहेको आयोजनाको क्रेडिट रेटिङ पनि सकारात्मक रहेको छ । आयोजनाले इक्रा एनपी बीबीं रेटिङ पाएको छ ।





सम्बन्धित समाचार