२९ बैशाख २०७८, बुधबार   276 पटक हेरिएको


image

दिन प्रतिदिन डीम्याट खाता खोल्नेको संख्या बृद्धि संगै पूंजी बजारमा बिभिन्न बित्तीय कम्पनीले साधारण शेयर ,म्यूचुअल फण्ड , ऋणपत्र आदि खुल्ला गरी लगानिको अवसरमा आईरहेको छ । यसै समयमा अहिले ३ वटा बाणिज्य बैंकले ऋणपत्र निष्कासन गर्नको लागि  नियामक निकाय नेपाल धितोपत्र बोर्डमा बिभिन्न मितिमा निवेदन पेश गरेका छन् । कृषि विकास बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका हुन् ।

लक्ष्मी बैंक लिमिटेड

लक्ष्मी बैंक लिमिटेडले २ अर्ब रूपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख ६ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न वैशाख १५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

३ कृषि विकास बैंक लिमिटेड

कृषि बिकास बैंकले “४% एग्रिकल्चर बोण्ड _८ र ९ बर्ष” नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही वैशाख १३ गते निवेदन दिएको छ । जसमध्ये यस बैंकले सर्व-साधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।





सम्बन्धित समाचार