२९ बैशाख २०७८, बुधबार   380 पटक हेरिएको


image

सिईडिबि हाइड्रोपावर कम्पनीले बिक्री तथा निष्काशन गरेको साधारण शेयरमा  ११.२५ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२५ गुणा बढी हो ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ ।त्यस अनुसार भाग्यमानी आबेदक २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।

सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन मध्ये ९४% अनलाईन माध्यम  मार्फत आबेदन दिएका थिए । कम्पनीको साधारण शेयरमा   परेको कुल आवेदन मध्ये १६ लाख ३७ हजार ९१२ वटा आवेदन अनलाईन मार्फत आबेदन दिएका छन भने ,बाँकी ६ % ले मात्रै भौतिक रुपमा बैंक तथा वित्तीय संस्थामा गएर शेयर भरेका छन् । कम्पनीको शेयर  बिक्री तथा निष्काशन क्यापिटलका अनुसार यस कम्पनीको शेयर बाड़फाड़ आऊदो हप्ता सम्ममा हुने छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार को’रोना महामारीमा निषेधाज्ञा भए पछि आबेदनहरुको भेरीफाई गर्न समस्या भएकोले अर्को हप्ता मात्र साधारण शेयरको बाँडफाँट गर्ने तयारी गरिएको क्यापिटलले जानकारी दिएको छ, तरपनि बाड़फाड़ सम्बन्धी काम रहेकोले कुन दिन बाँडफाँट गर्ने अन्तिम निर्णय भने भइ नसकेको बिक्री प्रबन्धकले जनाएको छ ।





सम्बन्धित समाचार