२८ बैशाख २०७८, मंगलवार   254 पटक हेरिएको


image

महिला सहयात्रा लघुबित्त्त को चालु आ.व. को तेस्रो त्रैमाससम्ममा नाफामा वृद्धि भएको छ ।  चालु आ.व. को तेस्रो त्रैमासमा खुद नाफा ८५४.९१% ले बढेर ४ करोड ३९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४६ लाख २ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।


खुद ब्याज आम्दानी ६३.७२% ले बढेर १० करोड १४ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ६ करोड १९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, गत वर्ष ६५ लाख ५७ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको कम्पनीले यो वर्ष ६ करोड १३ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।


महिला सहयात्रा लघु बित्तको चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी वार्षिक ४४.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५७.९६ रुपैयाँ छ । चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ६० लाख ७९ हजार रुपैयाँ छ । 





सम्बन्धित समाचार