२८ बैशाख २०७८, मंगलवार   603 पटक हेरिएको


image

अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड(UPPER) ले चालू आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ५० लाख २८ हजार खुद घाटामा रहेको छ ।  गत वर्ष कम्पनी ४ करोड ४४ लाख ९६ हजार खुद नोक्सानीमा रहेको थियो ।

कम्पनीले विद्युत् उत्पादन गर्ने प्रक्रियामा रहेको तर बिक्री भने सुरु गरिसकेको छैन । हाल चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको कम्पनीको जगेडा कोषमा   ८२ करोड ५६ लाख २२ हजार रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर  आम्दानी (०.३३) ऋणात्मक रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ २० पैसा रहेको छ । कम्पनीको प्रतिसेयर  आम्दानी (०.३३) ऋणात्मकरुपैयाँ भए पनि यो समाचार तयार गर्ने समयमा कम्पनी शेयर ८२० रुपैयामा खरीद बिक्री भएको छ ।  





सम्बन्धित समाचार