
धेरै जसो लगानिकर्ताको चाहना साधारण शेयरमा लगानी गर्ने नै रहेको हुन्छ किन भने १०० रुपैयामा किनेको शेयरबाट लाभांश बढ़ी प्राप्त हुने र लगानी नडूबने हुनाले लगानिकर्ताको साधारण शेयरमा आकर्षण बढिरहेको अवस्थामा तीन लघुवित्त संस्थाले साधारण शेयर निष्कासन गर्ने भएका छन् ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था
मनकामना स्मार्ट लघुवितत्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था
जाल्पा सामादायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि ५ करोड २२ लाख रुपैया बराबरको ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । संस्थाले साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ ।
जीवन विकास लघुवित्त वित्तीय संस्था
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले १९ करोड ७७ लाख ३० हजार रूपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता धारण शेय रनिष्कासन गर्ने भएको छ । संस्थाको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।