२७ बैशाख २०७८, सोमबार   1008 पटक हेरिएको


image

एनआईसी एशिया बैंक लिमिटेड (NICA)ले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको सेयर  आज वैशाख २७ गतेबाट बिक्री खुल्ला गरेको छ ।बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICLP)को ४१ हजार ८ सय ९६ कित्ता र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLBP) को ५६ हजार २ सय ७० संस्थापक समूहको सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ७ सय ८३ रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको न्युनतम मूल्य प्रतिकित्ता ४ सय ४९ रूपैयाँ तोकिएको छ ।

उक्त बैंकको  सेयरमा लगानीकर्ताले आज वैशाख २७ गते बाट बिक्री खुल्ला भई जेठ १० गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीहरु शेयरमा लगानीगर्न चाहने लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लिमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।





सम्बन्धित समाचार