२७ बैशाख २०७८, सोमबार   190 पटक हेरिएको


image

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज २०७८ बैशाख २७ गते सोमबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए। ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड-१९ पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहेन , तत्कालका लागि परीक्षा स्थगित गरियो, परीक्षा हुने समय र मिति पुनः अर्को सूचना निकाल्छौं,’ अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिनु भएको छ ।





सम्बन्धित समाचार