२७ बैशाख २०७८, सोमबार   7593 पटक हेरिएको


image

प्रभु बैंक कोष प्रवर्द्धक रहेको प्रभु म्युचुअल फण्डले ‘प्रभु सेलेक्ट फण्ड’ ल्याउन लागेको हो। प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले नयाँ स्किम ल्याउने भएको छ। 

कुल एक अर्ब रुपैयाँको दस करोड़  इकाइहरु निष्कासन गरिने छ। यसमध्ये १४ प्रतिशत कोष प्रवर्द्धकका नाताले प्रभु बैंकले लिने छ १ प्रतिशत इकाई प्रभु क्यापिटलले लिनेर  बाँकी रहेको ८५ प्रतिशत अर्थात ८ करोड ५० लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिने छ।

यस फण्डको बिक्री खुल्ला यही आऊदो  जेठ ५ गतेबाट निष्कासन हुने छ र  छिटोमा ९ गते बन्द हुने छ । यदि यो समयमा सम्पूर्ण ईकाई बिक्री नभएमा जेठ १५ गतेसम्म बिक्रीमा राखिने छ।

 यसमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाइका लागि आवेदन दिन सकिने छ। इकाइको अंकित मूल्य १० रुपैयाँ छ। इकाइको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ। यो म्यूचुअल फण्डको निष्काशन तथा बिक्री प्रबन्धकमा  प्रभु क्यापिटल रहेको छ।





सम्बन्धित समाचार