२७ बैशाख २०७८, सोमबार   242 पटक हेरिएको


image

अहिले शेयर बजारमा डी-म्याट खाता खोल्ने संख्या ३५ लाखको हाराहारी पुगेको बिभिन्न संचार माध्यमबाट  सुनेको छौ । खाली समय र लहै लहैमा लागेर बजार प्रबेश गर्नेहरुको लागि साधारण शेयर उपयुक्त हुने भएको कारणले अबको केही समयमा सबैले प्राप्त गर्ने साधारण शेयर बिक्री खुल्ला हुने जनाएको छ ।  तेस्तै कम्पनी मध्यको एक कम्पनी  मध्य भोटेकोशी रहेको छ ।

मध्य भोटेकोशीले सर्व-साधारणका लागि साधारण शेयर शेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले चुक्तापुँजीको १० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख रुपैयाँ कित्ता सेयर आयोजना प्रभावित जिल्लाका नागरिकका लागि निष्कासन गर्ने तयारी गरेर २ दिन पछि कोरोना महामारीका कारण देखाई हाल स्थगित रहेको अवस्था छ । यस कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत अर्थात् ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने तयारीमा जुटेको छ ।

कुल निष्कासित ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई र ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । ८१ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने छ । कम्पनिले सर्वसाधारणका लागि साउन महिना सम्ममा आइपियो निस्कासन गर्ने तयारि गरिरहेको छ ।

मध्य भोटेकोशी कम्पनीले स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्व-साधारणको को लागि ९० करोड रुपैयाँको ९० लाख कित्ता गरि कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले ल्याउन अनुमति पाएको हो ।





सम्बन्धित समाचार