PalikaExpress
२६ बैशाख २०७८, आईतवार
591 पटक हेरिएको

आइतबार नेपाल शेयर बजारको कारोबारमा २१९ कम्पनी मध्ये ६ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ मा पुगेको छ । नेप्से ०.७० प्रतिशतले घटेको हो ।

आज महिला लघुवित्त सहित ६ कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको हो । पछिल्लो समय निरन्तर सकारात्मक सर्किट लागेको महिला लघुवित्तको शेयर मूल्यमा आज नकारात्मक सर्किट अर्थात् १० प्रतिशतको गिरावट आएको छ ।


त्यसैगरी आज धेरै सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: विशाल बजार कम्पनी लिमिटेड, सिंगटी हाईड्रो इनर्जी, युनियन हाईड्रोपावर, सपोर्ट लघुवित्त, रैराङ हाईड्रोपावर, दिव्यश्वरी हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त र बरूण हाईड्रोपावर रहेका छन् ।