२६ बैशाख २०७८, आईतवार   355 पटक हेरिएको


image

महालक्ष्मी विकास बैंक (MLBL)ले आफ्नो स्वामित्वमा रहेको एसियन लाईफ इन्सुरेन्स (ALICL)को संस्थापक सेयर आज  देखि लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले कम्पनीको १,६६,७५७ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम ६९८ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त एसियन लाईफ इन्सुरेन्सको खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त एसियन लाईफ इन्सुरेन्सको खरिदका लागि लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार