२५ बैशाख २०७८, शनिबार   463 पटक हेरिएको


image

अबको केही समयमा शेयर बजारमा धमाधम हकप्रद सेयर जारी हुदै छन् । हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा तीन कम्पनी रहेका छन् ।

नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा राखेका कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट (HIDCL)कम्पनी र छाङ्दी हाइड्रोपावर कम्पनी(CHL) र कर्पोरेट डेभलपमेन्ट बैङ्क (CORBL) रहेका छन् । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ११ अर्ब रुपियाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हकप्रद १:१ को अनुपातमा सेयर प्रदान गर्ने जनाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

छाङ्दी जलविद्युत् कम्पनीले आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपियाँ बराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासनका लागि निबेदन पेश गरेको छ । यस कम्पनीले १०:३ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ । यस कम्पनीको सेयर बिक्री प्रबन्धकमा पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ । नेपाल धितोपत्र बोर्डले यी कम्पनीका आवेदनलाई प्रारम्भिक समीक्षा गरिरहेको छ ।

त्यस्तै  ,कर्पोरेट डेभलपमेन्ट बैङ्कले १:१.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कुल ३० करोड रुपियाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पर्खिरहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीको अवस्थालाई समीक्षा गररे कमेन्ट पठाएको जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।





सम्बन्धित समाचार