२४ बैशाख २०७८, शुक्रबार   458 पटक हेरिएको


image

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO)को ६२ हजार ३८८ कित्ता शेयर हिजो देखि लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २९ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो ।

लघुवित्त वित्तीय संस्थाको शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५७६ रुपैया तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोल कबोल गर्नु पर्नेछ । लघुवित्त वित्तीय संस्थाको शेयरमा  बोल कबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

शेयर बाँडफाँटमा पर्ने आवेदकहरुले कम्पनीले वैशाख २३ गतेपश्चात घोषणा गर्ने हकप्रद र लाभांश प्राप्त गर्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।





सम्बन्धित समाचार