२४ बैशाख २०७८, शुक्रबार   175 पटक हेरिएको


image

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (GBLBS)ले चालु आ.व.को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अबधिमा यस लघु बित्तले २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा संस्थाको नाफा ४५७.२३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिसम्म संस्थाले ५ करोड १२ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

हाल संस्थाको चुक्ता पुँजी ९८ करोड रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा पनि ३१.८८ प्रतिशतले बृद्धि भएर ७४ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।लघु बित्त संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आ.ब.को यसै अवधिको तुलनामा २९.८९% ले बढेर ८६ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ६६ करोड ३३ लाख रुपैयाँ रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यस अवधिसम्म संस्थाको सञ्चालन नाफा पनि ८५.२७% ले बढेर २९ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ३ करोड १० लाख रुपैयाँ रहेको थियो ।यस अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा मात्र रहेको अहिले त्यो बृद्धि भएर ३८.७९ रुपैयाँ गुगेको छ भने प्रतिसेयर नेटवर्थ १७६.२७  रुपैयाँ रहेको छ ।





सम्बन्धित समाचार