२४ बैशाख २०७८, शुक्रबार   415 पटक हेरिएको


image

अरुण भ्याली हाइड्रोपावर (AHPC) को हकप्रद शेयरमा  आवेदन दिने समय थप भएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले हकप्रदमा आवेदन दिने समय थप गर्ने निणर्य गरेको हो । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयरमा जेठ २ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस कम्पनीको शेयरमा बैशाख ६ गते निष्कासन गरेको कम्पनीको हकप्रद शेयरमा २६ गते सम्म आवेदन दिने सकिने मिति तय भएकोमा हाल को’रोना महामारीको  समय परिस्थितिलाई मध्यनजर गर्दै सो अवधि थप गरेको हो ।

कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा कम्पनीले १ :०५ बराबर को अनुपातमा उक्त हकप्रद शेयर विक्री गर्न लागेको हो । यो हकप्रद शेयरमा २०७७ चैत ८ गते सम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।





सम्बन्धित समाचार