२४ बैशाख २०७८, शुक्रबार   358 पटक हेरिएको


image

सिईडिबि हाइड्रोपावर कम्पनीले बिक्री तथा निष्काशन गरेको साधारण शेयरमा  ११ गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलमा अनुसार १७ लाख ३६ हजार ७०० आवेदनबाट २ करोड ६३ लाख ४५ हजार ५०० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ता दरले शेयर वितरण हुनेछ ।त्यस अनुसार भाग्यमानी आबेदक २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाउनेछ । बाँकी आवेदकको हात खाली हुने देखिन्छ ।

सिडिएससीका अनुसार हालसम्म परेका कुल आवेदन मध्ये ९४% अनलाईन माध्यम  मार्फत आबेदन दिएको जानकारी प्राप्त भएको  छ । कम्पनीको साधारण शेयरमा   परेको कुल आवेदन मध्ये १६ लाख ३७ हजार ९१२ वटा आवेदन अनलाईन मार्फत परेका छन् ।बाँकी ६ % ले मात्रै भौतिक रुपमा बैंक तथा वित्तीय संस्थामा गएर शेयर भरेका छन् । कम्पनीको शेयर  बिक्री तथा निष्काशन क्यापिटलका अनुसार यस कम्पनीको शेयर बाड़फाड़ आऊदो हप्ताको शुक्रवार सम्ममा हुने जानकारी प्राप्त भएको छ ।





सम्बन्धित समाचार