२४ बैशाख २०७८, शुक्रबार   226 पटक हेरिएको


image

नेपाल बैंक लिमिटेड (NBL)ले  वार्षिक ८.५०%  का ब्याजदरमा ऋणपत्र निष्काशन गरेको छ । बैंकले यही बैशाख २२ गतेदेखि ८.५० % नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । लगानीगर्न चाहने लगानी कर्ताले यही बैशाख २६ गते सम्म आबेदन दिन सकिने जनाएको छ ।

यस बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । यो ऋणपत्र खरिदका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनुका साथै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।





सम्बन्धित समाचार