२२ बैशाख २०७८, बुधबार   439 पटक हेरिएको


image

जनउत्थान सामुदायिक विकास लघुवित्त वित्तीय संस्था (JSLBB)ले गत आ. व.२०७६/७७ को मुनाफाबाट बितरण गर्न लागेको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज बैशाख २३ गते  रहेको छ । यस लघुवित्तले वैशाख ३० गते वार्षिक साधरण सभा बोलाएको छ । उक्त प्रयोजनका लागि कम्पनीले वैशाख २३ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ, आजसम्म बैशाख २२ गते सम्म कायम सेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

लघुवित्तले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई ४९.४० % बोनस र कर प्रयोजनका लागि २.६०% नगद गरी कुल ५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर लगानीकर्ताहरुले पाउनेछन्।





सम्बन्धित समाचार