२२ बैशाख २०७८, बुधबार   479 पटक हेरिएको


image

अपि पावर कम्पनी लिमिटेड (API)ले हकप्रद सेयर निष्कासन गर्नका लागि बुकक्लोजको  मिति तय गरेको   छ । यस पावर कम्पनीको हकप्रद सेयर निष्कासन गर्नेका लागि यही आऊदो वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यस कारण वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर लगानिकर्ताहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १:०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट वैशाख १९ गते अनुमति पाएको छ ।कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।





सम्बन्धित समाचार