२१ बैशाख २०७८, मंगलवार   1285 पटक हेरिएको


image

सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २०७८ वैशाख १७ गते शुक्रबारबाट साधारण शेयर निष्काशन गरेको हो । यस कम्पनीको साधारण शेयर निष्काशन बन्द आज वैशाख २१ गते हुनेछ । यस हाइड्रोपावर कम्पनीले प्रति कित्ता १०० रुयौयाँका दरले २५,१८,२३० कित्ता साधारण शेयर निष्काशन गरिएको हो। जस मध्ये २% अर्थात् ५०,३६५ कित्ता कर्मचारीलाई, ५% अर्थात् १,२५,९११ कित्ता सामुहिक लगानीकोषलाई र बाँकी रहेको २३,४१,९५४ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिएको हो ।

इच्छुक आवेदकले न्यूनतम १० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आवेदन सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर एप मार्फत दिन सकिनेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।





सम्बन्धित समाचार