२१ बैशाख २०७८, मंगलवार   728 पटक हेरिएको


image

आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको मध्य भोटेकोशी जलविधुत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले साधारण सेयरमा ईसेवाबाट नै आवेदन दिन सकिने भएको छ । सो को लागी ई-सेवा एकाउंट हुनु पर्ने छ ।

ई-सेवा खोलेरMBJCL – IPO (Local People) मा क्लीक गर्नुहोस । सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता भर्नुहोस । शेयर नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ । प्रोसिडमा क्लिक गरि आवेदन दिन सकिनेछ ।

यस मध्य भोटेकोशी जलबिधुत कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ । 

उक्त साधारण शेयरमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन् । केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। कम्पनीको साधारण शेयर  निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। त्यसैगरी, लगानीकर्ताहरुले यस साधारण शेयरमा बिभिन्न  बैंक का सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।





सम्बन्धित समाचार