२१ बैशाख २०७८, मंगलवार   351 पटक हेरिएको


image

राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार कम्पनीको सभा जेठ ११ गते काठमाडौं भर्चुयल माध्यममार्फत हुनेछ  । यसै सभामा सर्वसाधरणको लागि सेयर निष्काशन गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गरिनेछ  ।

संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफानोक्सान हिसाब, नगदप्रवाह विवरण तथा अन्य बित्तीय बिबरण माथि छलफल अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।कम्पनीले साधरण सभा प्रयोजनको लागि वैशाख २८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरको छ । त्यसैले यही वैशाख २७ गतेसम्म नेप्सेमा कायम  भई कारोबार गर्ने सेयर लगानीकर्ताले मात्र सभामा भाग लिन सक्नेछन्  ।





सम्बन्धित समाचार